प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे « Khabarhub

प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अपमान र बदनाम गरेको आरोप लगाएका छन्।

एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावललाई नेकपामा स्वागत गर्न बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन्।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारी ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे, यो भन्दा अपमान अरु हुन सक्छ?’

दाहालले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले अब मदन भण्डारीको हुन नसक्ने बताए ।

उनले एमालेका इमानदार नेता तथा कार्यकर्तालाई पनि नेकपामा आउन निम्ता दिए । ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन, एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, यो एकीकरण प्रक्रियामा सबै सहभागी बनौँ ।’

दाहालले आफूहरूले विभिन्न घटक जोडेर विशाल कम्युनिस्ट पार्टी बनाएको भन्दै यो कुनै रणनीतिक उद्देश्यले एकता नभएको दाबी गरे । उनले यो चुनावी जित्नको लागि मात्रै एकता नभएर राष्ट्र बचाउन चालिएको सुविचारित कदम भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ३७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन