भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा « Khabarhub

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले राजीनामा दिएकी छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए ।

जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् । रूसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ।

युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ। जेलेन्स्कीले भने, “न्याय मन्त्री जर्मन गालुशेन्का र ऊर्जा मन्त्री स्वितलाना ग्रिन्चुकमाथि आर्थिक हिनाविनाको आरोप लागेकोले उहाँहरूले तुरून्तै राजिनामा दिनुपर्छ ।”

अनुसन्धानकर्ताहरूले भनेका छन्, “यस योजनामा दुबै मन्त्रीको संलग्नता थियो।” सरकारले यसअघि यस वर्षको सुरुसम्म ऊर्जा मन्त्री रहेका गालुशेन्कोलाई निलम्बन गरेको थियो तर उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थाहा थिएन।

अनुसन्धानको केन्द्रमा रहेको राज्य परमाणु अपरेटर एनर्गोएटमले अन्वेषकहरूलाई सहयोग गरिरहेको जुलाईमा ऊर्जा मन्त्रालय सम्हालेका ग्रिनचुकले यसपहिले बताएका थिए । मङ्गलबार अदालतमा भ्रष्टाचारविरोधी अभियोजनकर्ताले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकट सहयोगी तैमुर मिन्डिचले यो योजनाको योजनाकार रहेको बताएका छन्।

जेलेन्स्कीले सोमबार आरोप घोषणा हुनुभन्दा केही समयअघि देश छाडेर भागेका मिन्डिचबारे अझै टिप्पणी गरेका छैनन् । उनको प्रोडक्सन कम्पनीले उक्त अनुसन्धान स्टुडियोको कामसँग सम्बन्धित नभएको बताएको छ । युक्रेनका प्रधानमन्त्रीले बुधबार भने, “किएभ प्रशासनले मिन्डिच र यस योजनामा आरोपित अर्का व्यापारी ओलेक्सान्डर सुकरम्यानमाथि व्यक्तिगत प्रतिबन्ध लगाइरहेको छ।”

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : ३९ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा