आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १२ तारिख । पुस कृष्ण पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय तटस्थ दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।

मिथुन : दिन सहज छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । तर रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ ।

वृश्चिक : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ ।

मकर : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।

कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : १५ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा