काठमाडौं उपत्यकाका नदीमा बढ्दो फोहोरको समस्या (तस्बिरहरू) « Khabarhub

काठमाडौं उपत्यकाका नदीमा बढ्दो फोहोरको समस्या (तस्बिरहरू)


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका नदीमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ । 

यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ । 

प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन् ।

कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ भन्ने संकेत दिन्छ । 

प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : ३२ बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न