राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल « Khabarhub

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् । 

शुक्रबार ललितपुरमा आयोजित सामाजिक जबाफदेहिता : मिडिया र युवा संवादमा मन्त्री खरेलले वर्षौवर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन् ।

विगतदेखि दलहरूमा एउटै व्यक्ति हाबी हुने र युवालाई निषेध गर्ने प्रवृत्ति अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखे । 

उनले अहिले भइरहेका राजनीतिक दलहरूका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाउँ र युवाहरूलाई अगाडी बढ्न नदिएको यथार्थ भुल्न नमिल्ने बताए ।

अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरूको जबरजस्त उपस्थिति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरे । 

मन्त्री खरेलले यस पटक मुलुकको परिवर्तनका लागि जेन-जीहरुले निस्वार्थ रुपमा आन्दोलन गरेको बताए । 

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँदै सुशासनतर्फ अघि बढाउने माग युवाहरूले राखे पनि आन्दोलनपछि बनेको सरकारमा जेन-जी युवाहरू आउन नचाहेको उनले बताए । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : १५ बजे

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी