राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल « Khabarhub

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् । 

शुक्रबार ललितपुरमा आयोजित सामाजिक जबाफदेहिता : मिडिया र युवा संवादमा मन्त्री खरेलले वर्षौवर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन् ।

विगतदेखि दलहरूमा एउटै व्यक्ति हाबी हुने र युवालाई निषेध गर्ने प्रवृत्ति अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखे । 

उनले अहिले भइरहेका राजनीतिक दलहरूका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाउँ र युवाहरूलाई अगाडी बढ्न नदिएको यथार्थ भुल्न नमिल्ने बताए ।

अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरूको जबरजस्त उपस्थिति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरे । 

मन्त्री खरेलले यस पटक मुलुकको परिवर्तनका लागि जेन-जीहरुले निस्वार्थ रुपमा आन्दोलन गरेको बताए । 

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँदै सुशासनतर्फ अघि बढाउने माग युवाहरूले राखे पनि आन्दोलनपछि बनेको सरकारमा जेन-जी युवाहरू आउन नचाहेको उनले बताए । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : १५ बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको