झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस « Khabarhub

झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । 

पार्टी विधानबमोजिम जिल्लाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए।  

केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टी विधानबमोजिम क्षेत्रीयस्तरबाट नामावली सिफारिस गर्न निर्देशन गरेसँगै सबै क्षेत्रबाट आकांक्षी उम्मेद्वारको नामावली संकलन गरिएको थियो, जसमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको उनले बताए। 

सचिव हुमागाईंले भने,’क्षेत्रीयस्तरको बैठकबाट विवादरहित ढङ्गले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस भएका छन् । प्रत्यक्षमा अन्य क्षेत्रमा तीन चार जनाको नाम आए पनि क्षेत्र नं १ मा महामन्त्रीको एकल नाम सिफारिस भएर आएको छ ।’

सोही क्षेत्रबाट समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ छत्रबहादुर गिरी, सरिता प्रसाईं र सजेश शिवाकोटी, समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यस्तै, क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी र समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा र शिला तामाङको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौलागाईँ, धनमाया चिमरिया,समानुपातिकतर्फ सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठको नाम सिफारिस भएको छ । 

यसैगरी क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की र समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराइली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको सचिव हुमागार्इंले जानकारी दिए।
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : २२ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही