सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत « Khabarhub

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । 

नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा आज धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।

उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । 

त्यस्तै सडक दुर्घटनामा प्रहरीसहित सबै सुरक्षा निकायको भूमिका, घाइतेको उद्धार, ट्राफिक व्यवस्थापनलगायतको नमुना अभ्याससमेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सडक दुर्घटना दिनानुदिन चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै यस्ता नमुना अभ्यास कार्यक्रम महत्त्वपूर्ण र समसामयिक हुने बताए ।

उनले भने, ‘यस्ता कार्यक्रमको अझै व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ, सडक दुर्घटना भइसकेपछि होसियारी अपनाउनुपर्ने कुरा तथा सबै सुरक्षा निकायको भूमिका स्पष्ट हुनुपर्ने हुन्छ, जुन यहाँ देखिएको छ ।’ यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले यस्ता कार्यक्रमले सडक दुर्घटनापछि उद्धारलाई अझ चुस्त र प्रभावकारी बनाउन सहज हुने बताए । 

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले सडक दुर्घटनामा सशस्त्र प्रहरी पनि खटिँदै आएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर कृत्रिम उद्धार अभ्यास गरिएको बताए ।

उनले भने, ‘प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना भइरहेका हुन्छन्, दुर्घटनापछि कसरी क्षति कम गर्न सकिन्छ भनेर पूर्वअभ्यास गरेका हौँ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : २८ बजे

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य