फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति « Khabarhub

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

आज बिहान भएको आगालागिका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । 

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । 

यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । 

आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ४२ बजे

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य