उपचारको क्रममा कैदीबन्दीको मृत्यु « Khabarhub

उपचारको क्रममा कैदीबन्दीको मृत्यु


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।

वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए ।

‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो’, उनले भने । 

महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । रासस

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : ३० बजे

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको

जसले छोरी बनाएर पाल्छु भने, उनैले ११ वर्षीया नाबालिगको यौन शोषण गरे

काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई