एमालेले विधान हेरफेर नगर्ने : १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी यथावत राखेर महाधिवेशन « Khabarhub

एमालेले विधान हेरफेर नगर्ने : १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी यथावत राखेर महाधिवेशन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै केन्द्रीय कमिटी चयन गर्ने भएको छ।

शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पौने पाँच घण्टा लामो सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने बताएका छन् ।

‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ’, उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ।’

ज्ञवालीका अनुसार यो महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने भएको छ। ज्ञवालीले १०८ जना मनोनीतको नामवाली पनि पारित भएको बताएका छन् । उक्त सूची शनिबार सार्वजनिक गरिने भनएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ०८ बजे

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ

विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा

अब आउने बजेटले टार्ला त स्वास्थ्य बीमाको संकट ?

काठमाडौं- संघीय सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति

गण्डकी– सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सातजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट