भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई « Khabarhub

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले मागेको उक्त धरौटी रकम बुझाए बुझाएर भट्टराई रिहा भएका हुन् ।

अख्तियारले भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दा चलाइएको थियो। भ्रष्टाचारसम्बन्धी मुद्दामा ७९ लाख ८० हजार रुपैयाँ र सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो निर्धारण गरिएको छ।

अख्तियारले पक्राउ गरी अदालतसमक्ष पेस गरेपछिको भोलिपल्ट विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यद्यपि, न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने फरक मत प्रस्तुत गरेका थिए।

तर बहुमत इजलासको आदेशलाई कार्यान्वयन गर्दै भट्टराईले मागअनुसारको धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाएपछि रिहा भएका हुन्।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : ५४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।