एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा « Khabarhub

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा लड्ने घोषणा गरेका बरिष्ठ उपाध्यक्षईश्वर पोखरेलले प्यानल नै खडा गर्ने भएका छन् । शुक्रबार साँझ उनले प्यानल निर्माणबारे आफ्नो पक्षसँग छुट्टै छलफल गरेका हुन् ।

‘हामी सहमति गरेर जाने पक्षमा छैनौं । आफ्नो तर्फबाट प्यानल घोषणा हुन्छ। तर यसबारे अहिले छलफल भइरहेको छ’, एक नेताले भने, ‘ईश्वर कमरेडको नाममा सहमति हुन्छ भने हामी सहमत गर्न तयार छौँ।’

यस्तै पोखरेल समुहबीच मनोनित गर्न लागेका महाधिवेशन प्रतिनिधिहरूको विषयमा पनि छलफल भइरहेको छ। एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले एकलौटी रुपमा १०८ जना मनोनित सदस्यहरू राख्न खोजेपछि पोखरेल समूहले त्यसमा असन्तुष्टि जनाएको थियो।

त्यसपछि पोखरेलसम्मले छुट्टै लिस्ट बुझाएपछि ओली र पोखरेल दुईजना मिलेर यसको टुङ्गो लगाउने भन्दै बैठक सकिएको थियो। मनोनित प्रतिनिधिको विषयमा लामो समयसम्म छलफल भएको एमाले सचिवालयका नेताहरूको भनाइ छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ०५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।