देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु « Khabarhub

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए। 

मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको छ । नदीमा स्नानका लागि रेखाङ्कनको काम गरिएको छ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ । 

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि यस दिनमा स्नान गर्न आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ । 

आज राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । 

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । देवघाटमा नेपाल र भारतबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १२ : २५ बजे

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका