दिव्याले अस्वीकार गरिन् प्रदीपसँगको प्रेम, खुलाइन् रुवाएको घटना | Khabarhub Khabarhub

दिव्याले अस्वीकार गरिन् प्रदीपसँगको प्रेम, खुलाइन् रुवाएको घटना


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिलिप रायमाझीकी छोरी दिव्या फिल्ममा आफ्नो भविष्य खोज्दै छिन् । उनको डेब्यू फिल्म ‘एक्टर’को प्रदर्शन मिति माघ १६ लाई तोकिएको छ ।

पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनले दोस्रो फिल्म ‘पिताम्बर’को छायाङ्कन सकेकी छन् । संयोग यी दुवै फिल्ममा प्रदीप खड्का नायक छन् । अर्थात्, उनले सुरुवाती दुई फिल्ममै नायकमा प्रदीपलाई पाएकी छन् ।

प्रदीप अहिले सर्वाधिक माग भएका नायकको सूचीमा अग्रस्थानमा आउँछन् । उनको फ्यानफलोइङ पनि राम्रो छ । यस अर्थमा सुरुवातमै डिमान्डेड नायकसँग अभिनय गर्न पाउनु दिव्याका लागि सुखद पक्ष हो ।

फिल्ममै प्रदर्शनमा नआउँदै दिव्याबारे गसिप पनि फैलिएको छ । उनी नायक प्रदीपसँग प्रेम सम्बन्धमा छन् भन्ने गसिप राम्रैसँग फैलिएको छ ।

कमलपोखरीस्थित ‍सोमबार एक हलमा दिव्याको दोस्रो फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको थियो । कार्यक्रममा फिल्मका कलाकार दिव्या, प्रदीपसहित नायिका सुपुष्पा भट्ट र सुरुक्षा पन्त उपस्थित थिए ।

उक्त कार्यक्रममा दिव्यालाई प्रदीपसँगको प्रेम प्रसंगले स्थान पायो । यी दुईलाई सँगै भेट्दा प्रश्न स्वभाविक उठ्ने भयो । किनभने फिल्म बजारको ‘हट’ गसिप नै यही छ ।

प्रदीपसँगको प्रेमबारे सोध्दा दिव्याले सिधै अस्वीकार गरिन् । गसिफ मात्रै भएको दाबी गर्दै भनिन्, ‘हामी लगातार दुई फिल्ममा सँगै काम गर्‍यौं, त्यो भएर पनि प्रेमबारे गसिप फैलिएको हुनसक्छ । अर्को कुरा स्क्रिनमा हाम्रो जोडी राम्रो देखिएकाले पनि गसिप चलेको हुनसक्छ ।’

अब दिव्या र प्रदीपले अस्वीकार गरेपछि उनीहरू प्रेम सम्बन्धमा छैनन् भनेर स्वीकार गर्नैपर्‍यो । कि उनीहरूले ‘सार्वजनिकरुपमा प्रेम स्वीकार गर्न चाहेनन्’ भन्ने अशंकाले यो गसिपलाई बढवा दिनुपर्‍यो !

प्रेम अस्वीकार गरे पनि दिव्याले प्रदीपले रुवाएको प्रसंग कोट्याइन् । यो घटना भने ‘पिताम्बर’को छायाङ्कन दौरानको हो ।

रुवाएको प्रसंग कोट्याए पनि दिव्याले विस्तार गर्न मानिनन् । त्यसपछि प्रदीपतिर प्रश्न तेर्सियो, ‘किन रुवाउनु भयो दिव्यालाई ?’

प्रदीपले पनि सुरुमै यो प्रसंगबारे बोल्न चाहेनन् । ‘कुरा लामो छ’ भन्दै तर्किन खोजे । उनले भने, ‘यो कुनै अन्तर्वार्तामा भन्दा मजा आउने कुरा हो, यहाँभन्दा अन्तर्वार्तामै उचित होला ।’

तर, लगातर ‘किन, के हो प्रसंग ?’ भन्ने प्रश्न उनीमाथि दोहोरिइरहेपछि जवाफ नदिइ सुख पाएनन् ।

‘पिताम्बर’को छायाङ्नको सुरुवातमा दिव्या रोएको उनले सुनाए । उनी रुनुको कारण आफ्नो ‘बोली’ रहेको स्वीकार गर्दै उनले भने, ‘दिव्याले आफ्नो परिचय दिने अंश छायाङ्कन हुँदै थियो । उसले टेक दिन सकिरहेकी थिइनन् । अनि मैले यति सामान्य कुरा पनि अभिनय गर्न नसक्ने भनेछु । अलिक कडा स्वरले भनेछु क्यार दिव्या रोइन् ।’

दिव्या रोएपछि आफूलाई नराम्रो लागेको वा गल्ती भए जस्तो महसुस गरे-नगरेको कुरा भने प्रदीपले खुलाएनन् ।

आशा गरौं प्रसंग उनले चाहे जस्तै कुनै अन्तर्वार्ता खुलाउँछन् । नवनायिका अभिनय गर्ने क्रममा ‘नर्मस’ हुँदा चित्त दुख्ने गरी वचन लगाउने पक्कै प्रदीपको नियत थिएन ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ५८ बजे

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा

दीर्घकालीन महत्त्वका निर्णय नगर्न मधेशका मुख्यमन्त्रीलाई सर्वाेच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन

कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन