राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन « Khabarhub

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनलाई  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे । 

त्यस अवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिए । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उनले बताए। 

भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ  । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा  एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको