ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु « Khabarhub

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आइतबार जनाएको छ ।

शनिबार राति इपाटिङ्गा शहरमा एक घण्टाभित्रै करिब ८० मिलिमिटर वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको थियो । पहिरोले घरहरू भत्काएको र भग्नावशेषमुनि फेला परेका आठ वर्षीय बालकसहित हालसम्म नौ जनाको मृत्यु भएको छ ।

उद्धार टोलीले नजिकैको सान्ताना डो पाराइसो शहरमा अर्को मृत शरीर फेला परेको बताएको छ । आइतबार साँझसम्म पहिरोमा परी एक जना बेपत्ता भएका र चार जनाको उद्धार गरिएको छ ।

मिनास गेरैस राज्यका गभर्नर रोमेउ जेमाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पहिरोमा परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूको दुःखमा सरकार रहने भन्दै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको