ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु « Khabarhub

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आइतबार जनाएको छ ।

शनिबार राति इपाटिङ्गा शहरमा एक घण्टाभित्रै करिब ८० मिलिमिटर वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको थियो । पहिरोले घरहरू भत्काएको र भग्नावशेषमुनि फेला परेका आठ वर्षीय बालकसहित हालसम्म नौ जनाको मृत्यु भएको छ ।

उद्धार टोलीले नजिकैको सान्ताना डो पाराइसो शहरमा अर्को मृत शरीर फेला परेको बताएको छ । आइतबार साँझसम्म पहिरोमा परी एक जना बेपत्ता भएका र चार जनाको उद्धार गरिएको छ ।

मिनास गेरैस राज्यका गभर्नर रोमेउ जेमाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पहिरोमा परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूको दुःखमा सरकार रहने भन्दै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ०६ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका