नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न « Khabarhub

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो ।

एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजङ्ग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । उनले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताए ।

संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङ्गद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राखेकी थिइन् ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका छ सय ६८ सैनिकहरू सहभागी भएका थिए ।

समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनाका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : २५ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको