एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो « Khabarhub

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

मैदानमा फाइट गर्ने दुई खेलाडीलाई रातो कार्ड


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२ गोलको बराबरीमा टुंगिएको छ। खेलको अवधिभर रोमाञ्चक बनेको प्रतिस्पर्धा अतिरिक्त इन्जुरी समयमा विवादास्पद बनेको थियो। लिभरपुलले ९० मिनेटपछि थप समयमा बराबरी गोल गरेपछि मैदानमा खेलाडीबीच हात हालाहालको अवस्था बनेको हो। जसले गर्दा अन्तिम समय खेलमा तनाव भएको हो।

खेलको ९२ औँ मिनेटमा दुई टोलीका खेलाडीको बिचमा झगडा भएपछि एभर्टनका एब्दुलारे डाकाउरे तथा लिभरपुलका कर्टिस जोन्सले रातो कार्ड पाए।

तनावपूर्ण सो खेलमा एभर्टनलाई १ अङ्क दिलाउने क्रममा ९० मिनेटपछि थप भएको इन्जुरी समयको आठौँ मिनेटमा जेम्स टारकोस्कीले बराबरी गोल गरे।

रोमाञ्चक सो खेलको ११ औँ मिनेटमा एभर्टनले बेटोको गोलमा अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै मोहम्मद सलाहको क्रसमा हेड गोल गर्दै एलेक्सिस म्याक एलिस्टरले लिभरपुललाई खेलमा फर्काएका थिए। खेलको ७३ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो। तर अन्तिम समयको गोलसँगै एभर्टन खेलमा फर्किएको हो।

तालिकामा लिभरपुल ५७ अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनलको ५० अङ्क छ। एभर्टन भने २७ अङ्कसहित १५ औँ स्थानमा छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : २३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच