एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो « Khabarhub

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

मैदानमा फाइट गर्ने दुई खेलाडीलाई रातो कार्ड


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२ गोलको बराबरीमा टुंगिएको छ। खेलको अवधिभर रोमाञ्चक बनेको प्रतिस्पर्धा अतिरिक्त इन्जुरी समयमा विवादास्पद बनेको थियो। लिभरपुलले ९० मिनेटपछि थप समयमा बराबरी गोल गरेपछि मैदानमा खेलाडीबीच हात हालाहालको अवस्था बनेको हो। जसले गर्दा अन्तिम समय खेलमा तनाव भएको हो।

खेलको ९२ औँ मिनेटमा दुई टोलीका खेलाडीको बिचमा झगडा भएपछि एभर्टनका एब्दुलारे डाकाउरे तथा लिभरपुलका कर्टिस जोन्सले रातो कार्ड पाए।

तनावपूर्ण सो खेलमा एभर्टनलाई १ अङ्क दिलाउने क्रममा ९० मिनेटपछि थप भएको इन्जुरी समयको आठौँ मिनेटमा जेम्स टारकोस्कीले बराबरी गोल गरे।

रोमाञ्चक सो खेलको ११ औँ मिनेटमा एभर्टनले बेटोको गोलमा अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै मोहम्मद सलाहको क्रसमा हेड गोल गर्दै एलेक्सिस म्याक एलिस्टरले लिभरपुललाई खेलमा फर्काएका थिए। खेलको ७३ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो। तर अन्तिम समयको गोलसँगै एभर्टन खेलमा फर्किएको हो।

तालिकामा लिभरपुल ५७ अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनलको ५० अङ्क छ। एभर्टन भने २७ अङ्कसहित १५ औँ स्थानमा छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : २३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ