विवादास्पद पेनाल्टी गोलमा परिणत हुँदा प्ले अफमा एटलान्टा पराजित « Khabarhub

विवादास्पद पेनाल्टी गोलमा परिणत हुँदा प्ले अफमा एटलान्टा पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम समयमा पाएको विवादास्पद पेनाल्टीको अवसरलाई गुस्ताभ नेल्सनले गोलमा परिणत गरेपछि युरोपेली च्याम्पियन्स लिगको प्लेअफमा एटलान्टा पराजित भएको छ। बुधबार भएको प्ले अफमा ब्रुगले एटलान्टालाई २-१ ले हराएको हो।

खेलको १५ औँ मिनेटमा ब्रुगले पहिले अग्रता लिएको थियो। उसका लागि टिनएजर केम्सटाइन टाबीको त्रसलाई उपयोग गर्दै फेरान गुटग्लाले पहिलो गोल गरेका हुन्।

क्रोएसियाली अन्तर्राष्ट्रिय खेलाडी मारियो पासालिकले ४१ औँ मिनेटमा गोल गर्दै एटलान्टालाई खेलमा फर्काए। इन्जुरी समयको चौथो मिनेटमा यसाक हेनले नेल्सनलाई फल प्रहार गरेपछि ब्रुगले पेनाल्टी पाएको थियो। नेल्सनले सो अवसरलाई सहजै उपयोग गर्दै जित आफ्नो पक्षमा पारेका हुन्।

मंगलबार यी दुई टोलीको दोस्रो लेग प्ले अफ हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ४४ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन