ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच भेट | Khabarhub Khabarhub

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच भेट


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन्। भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्नेछन् ।

यसै गरी सप्तकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्त्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका थिए । 

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो भने भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १२ : ५२ बजे

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर