व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनहरी– उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकरात्मक ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए। उनले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए। 

आर्थिक समृद्धिलाई नागरिकले महशुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेका अधिकार सहज उपभोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिँदै नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही बाटोमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिनु जरुरी रहेको औँल्याए। 

वर्तमान समयमा नागरिकले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको तथा विदेशिने वातावरणको अन्त्य चाहेको उनले बताए। सो चाहना अनुरूप नै यो सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षाअनुसारको काम गर्नुपर्ने मूल दायित्व रहेको बताए। 

पार्टी भित्रका विवाद समाधान गर्न माथिल्ला संरचनासँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गर्दै पार्टी संगठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकाले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको बताए। 

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : ०५ बजे

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको