व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनहरी– उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकरात्मक ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए। उनले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए। 

आर्थिक समृद्धिलाई नागरिकले महशुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेका अधिकार सहज उपभोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिँदै नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही बाटोमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिनु जरुरी रहेको औँल्याए। 

वर्तमान समयमा नागरिकले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको तथा विदेशिने वातावरणको अन्त्य चाहेको उनले बताए। सो चाहना अनुरूप नै यो सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षाअनुसारको काम गर्नुपर्ने मूल दायित्व रहेको बताए। 

पार्टी भित्रका विवाद समाधान गर्न माथिल्ला संरचनासँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गर्दै पार्टी संगठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकाले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको बताए। 

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : ०५ बजे

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ