रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत | Khabarhub Khabarhub

रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डिसी- सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा बोकेको आरोपमा रुसमा पक्राउ परेका शिक्षक मार्क फोगेललाई रिहा गरेर अमेरिका फर्काइएको छ।

फोगेलले लागुऔषध तस्करीको आरोपमा १४ वर्षको जेल सजाय भोग्दै आएका थिए । जसलाई अमेरिकी विदेश मन्त्रालयले ‘अन्याय’ भन्दै आएको थियो । उनी मस्कोबाट रिहा भएपछि ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् ।

‘म अहिले पृथ्वीको सबैभन्दा भाग्यमानी मान्छे जस्तो महसुस गर्छु,’ फोगेलले भने । अमेरिकी झण्डा लगाएका उनले ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूलाई धन्यवाद दिए । जसले उनको रिहाइमा वार्ता गर्न मद्दत गरेका थिए, उनीहरूलाई नायक भनेका छन । उनले यस प्रक्रियामा आफ्नो भूमिकाको श्रेय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि दिएका छन् ।

पेन्सिल्भेनियाका ६३ वर्षीय शिक्षक मार्क फोगेलले कोलम्बिया, मलेसिया, ओमान, मेक्सिको र भेनेजुएलालगायत विश्वभरका अन्तर्राष्ट्रिय विद्यालयहरूमा अध्यापन आएका थिए।

सन २०१२ देखि नै उनी र श्रीमती मस्कोमा बस्दै आएका थिए, जहाँ फोगेलले एङ्ग्लो–अमेरिकन स्कूलमा इतिहास पढाउँथे । जसले अमेरिकी नागरिक र कूटनीतिज्ञहरूका छोराछोरीको अध्ययन चाहाना पूरा गर्दै आएका थिए ।

अमेरिकाले विशेषाधिकारको दुरुपयोग गरिरहेको भन्दै रुसले शिक्षकको कूटनीतिक हैसियत खारेज गरेपछि अमेरिका, बेलायत र क्यानाडाका दूतावासहरूले विरोध जनाएका थिए । तर, धेरैजसो पश्चिमा देशहरूले शिक्षकको समर्थन गरेका थिए, विद्यालयमा शिक्षकका रूपमा उनलाई कूटनीतिक सुविधा थियो ।

सन् २०२१ को अगस्टमा गिरफ्तार हुनुअघि उनले अन्तिम वर्ष मस्कोमा पढाउने योजना बनाएका थिए । खासमा फोगेललाई न्यूयोर्कबाट २८.३५ ग्रामभन्दा कम भाङसहित स्कोको शेरेमेटेभो एयरपोर्टमा हिरासतमा राखिएको थियो । जुन उनको परिवारले ढाड दुखाइका लागि चिकित्सकीय रूपमा सिफारिस गरेको औषधि भनेका थिए ।

तर, कडा लागूऔषध कानुन भएको रूसले उसलाई आफ्नो सामानमा सावधानीपूर्वक कपडामा भाङ राखेको आरोप लगाएको थियो ।

तर, मस्कोको एक अदालतले फोगेललाई ‘ठूलो मात्रामा लागूपदार्थको तस्करी’ को दोषी ठहराएर १४ वर्षको कडा श्रम सजायसमेत सुनायो ।

उनलाई आफ्नो समय सेवा गर्न मस्कोबाट ४ घन्टा टाढा रिबिन्स्क पेनल कोलोनीमा पठाइएको थियो । जुन कोलोनी दण्डितहरूका लागि कठोर जीवन र क्रुरताका लागि कुख्यात छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

बाढी नै नआई डुबेका बबरमहलबासीको प्रश्न– कसले दिन्छ क्षतिपूर्ति ?

काठमाडौं– बबरमहलमा बुधबार दिउँसो आकाशे वर्षा या खोलामा बाढी नै

बिमा कोष बलियो बनाउन आवश्यक छ : मन्त्री पौडेल

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न

पोखरा म्याराथनमा २१ देशका १० हजार धावक

पोखरा – १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ मा २१

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

काठमाडौं– इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन्