कांग्रेस भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने « Khabarhub

कांग्रेस भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृ संस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरूले तोकिएको समय चैत्र महिनाभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अव म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको धारणा राखे । छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।

सबै भातृ संस्थाहरुसंगको छलफलका क्रममा आएका सुझावहरुलाई पार्टीले समाधान गर्ने उनले बताए । यसअघि कांग्रेसले  निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ६ : ३८ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८