माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन  « Khabarhub

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन 


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । 

३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरूको कार्यदिशामा समानता रहेको बताए । 

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको बताए ।

 ‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ, ढिलो छिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरूसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौँ ।’ 

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि कम्युनिस्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । काँग्रेस र एमालेप्रति जनताको मोह भङ्ग भएको र विकल्पका रूपमा आफूहरूलाई छान्ने अवस्था बनेको दाबी उनको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काँग्रेस–एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क पुनले गरे ।

  ‘०८४ मा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा हामी एक्लै लड्ने छौँ, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौँ’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौँ । करिब करिब ०६४ को जस्तै उभार देखिन थालेको छ ।’ 

प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा काँग्रेस र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएका दाबी पुनले गरे ।

राज्यमा कानून सबैलाई बराबरी हुने भए पनि सत्तापक्षकालाई एक प्रकारको  तथा विपक्षी र आम सर्वसाधारणका लागि फरक खालको कानुनको अभ्यासजस्तो देखिएको टिप्पणी उनले गरे ।

 ‘हामी प्रधानमन्त्री, मन्त्री, नेता र उच्च पदमा बसेको कर्मचारी सबै कानुनका नजरमा बराबर हुनुपर्छ भन्छौँ । उहाँहरू होइन, फरक हुनुपर्छ भन्नुहुन्छ । आफ्नालाई जोगाउने र अरूमाथि अनुसन्धान र अभियोजन गर्ने भन्नुहुन्छ । हाम्रो नमिलेको यहाँ हो’, पुनले भने । 

पुनले प्रधानमन्त्री केपी ओलीको नाम जोडिएका गिरिबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी र स्वीस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको सँगसँगै छानबिन अघि बढाउन माग गरे । 

‘गिरीबन्धु, यति, ओम्नी, स्वीस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौं’, उनले भने, ‘हाम्रो कोही मुछिएको रहेछ भने पर्छ । तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्ने जस्ता कुरा हामी मान्दैनौं । छ भने छानबिन गरे हुन्छ ।’

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ०८ बजे

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा