अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने « Khabarhub

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले आज विभिन्न अस्पतालको अनुगमन गरेको छ ।

केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिए ।

तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ ।

प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् ।

अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ९ : ५५ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ