प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा « Khabarhub

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’को विजेता हुँदै पाँचथर युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो ।

धरान रङ्गशालामा आज भएको खेलमा पाँचथर युनाइटेडले सङ्खुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ दी म्याच भने पाँचथर युनाइटेडका बेघम गुरुङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यस्तै समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली फुटबल क्लबले इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित ग¥यो । शुक्रबार रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह ‘सी’को विजेताको टुङ्गो लाग्ने छ ।

शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल तथा इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीच दोस्रो खेल हुनेछ ।

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १० : ०६ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक