प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा « Khabarhub

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’को विजेता हुँदै पाँचथर युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो ।

धरान रङ्गशालामा आज भएको खेलमा पाँचथर युनाइटेडले सङ्खुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ दी म्याच भने पाँचथर युनाइटेडका बेघम गुरुङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यस्तै समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली फुटबल क्लबले इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित ग¥यो । शुक्रबार रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह ‘सी’को विजेताको टुङ्गो लाग्ने छ ।

शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल तथा इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीच दोस्रो खेल हुनेछ ।

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : ०६ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ