सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन् : सत्यको जित भयो  | Khabarhub Khabarhub

सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन् : सत्यको जित भयो 


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सत्यको जित भएको बताएकी छन् । उनले आफ्नो पक्षमा फैसला आएपछि सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन् । 

प्रतिनिधि सभा सदस्यमा उनको उम्मेदवारी खारेजीसम्बन्ध निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

उनले आफ्नो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको दाबी गरेकी छन् । 

कार्कीले सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

 यस्तो छ उनको स्टाटस

अन्ततः सत्यको जित भएको छ। यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ। उम्मेदवारमाथि विरोध दाबी गर्ने म्याच सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर म चुनावी प्रचारप्रसारमा भइरहेको बखत निर्वाचन आयोगले मेरो उम्मेदवारी खारेज गरेको थियो। न्यायको लागि म सर्वोच्च पुगे।

सर्वोच्चले स्टे अर्डर मार्फत मेरो उम्मेदवारी कायम गरिदियो। त्यसको विरोधमा निर्वाचन आयोग पुन सर्वोच्च पुगेर मेरो उम्मेदवारी खारेज नै हुनुपर्छ भन्ने दाबी राख्यो। निरन्तर दुई वर्ष को लडाई, पेशी र सुनवाई पछि हिजो मिति २०८१-११-२७ मा बसेको न्यायाधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरी म संघीय संसद् पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अन्तिम फैसला सुनाएको छ।  सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्तत अदालतले स्थापित गरेको छ। हामीलाई अदालत माथि विश्वास थियो‌ र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ। 

यो जित व्यक्तिगत मात्र उपलब्धि नभई ,मेरा सबै मतदाताको‌ हो। यस न्यायिक लडाईमा मलाइ निरन्तर साथ दिनुहुने अधिवक्ताहरू आदरणीय भिमार्जुन आचार्य ज्यू,‌ ओम अर्याल ज्यू, ललित बस्नेत ज्यू, सुरेन्द्र भण्डारी ज्यू लगायत मेरा परिवार, मतदाताहरू, राष्ट्रिय स्वतन्त्र पार्टी साथै सम्पूर्ण चिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु। भ्रष्टाचार र वेथितीले‌ थङथिलो बनाइएको देशको राजनीतिलाई सङल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारीबोध गरेको छु। सबैमा सहृदय धन्यवाद। 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ३२ बजे

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको : अन्तरक्रिया स्वदेश फर्किन आग्रह

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत