चैतका लागि वाणिज्य बैंकहरूको मुद्दतीतर्फको ब्याजदर हेरफेर, तीनवटाले घटाउँदा अन्यको यथावत « Khabarhub

चैतका लागि वाणिज्य बैंकहरूको मुद्दतीतर्फको ब्याजदर हेरफेर, तीनवटाले घटाउँदा अन्यको यथावत


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत महिनामा सञ्चालनमा रहेका तीनवटा वाणिज्य बैंक बाहेक अन्य सबैको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर फागुन महिनाकै यथावत हुने भएको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार नेपाल बैंक, लक्ष्मी सनराइज र हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका हुन भने अन्य सबै बैंकले यथावत राखेका छन् ।

फागुन महिनामा नेपाल बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ५.६ प्रतिशत रहेकोमा चैत महिनाका लागि ०.१ प्रतिशत घटाएर ५.५ प्रतिशत बनाएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले फागुन महिनामा कायम गरेको व्यक्तिगत मुद्दतीतर्फको ५.५ प्रतिशत ब्याजदरलाई घटाएर चैत महिनाका लागि ४.७५ प्रतिशत कायम गरेको छ । साथै, हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि ०.७५ प्रतिशतले ब्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

अन्य सञ्चालनमा रहेका १७ वटा बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर फागुन महिनामा कायम रहेको दरलाई नै निरन्तरता दिएका छन् । जसमध्ये व्यक्तिगत मुद्दतीतर्फ एनआईसी एशियाको ६.६, एनएमबीको ६.६, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५, प्राइम कमर्सियलको ६.२५, स्टान्डर्ड चाटर्डको ६.२५, प्रभुको ६.१, सानिमाको ६.०५ र एभरेष्टको ६ प्रतिशत रहेको छ ।

त्यस्तै, चैत महिनाका लागि माछापुच्छ्रे ६, राष्ट्रिय वाणिज्यको ६, सिद्धार्थको ६, ग्लोबल आइएमईको ६, कुमारीको ६.०१, नविलको ५.७५, सिटिजन्सको ५.६५, कृषि विकासको ५.५१ र नेपाल एसबिआईको ५.५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर तोकिएको छ । फागुन महिनामा बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ६.०१ प्रतिशत रहेकोमा चैत महिनामा भने ५.९३ प्रतिशत कायम हुने भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : ३३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन