पीएम कप : कर्णालीमाथि आर्मीको फराकिलो जित « Khabarhub

पीएम कप : कर्णालीमाथि आर्मीको फराकिलो जित


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । बिहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७.१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाएका थिए भने विपिन रावलले २३ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । आर्मीका लागि ट्रीत राज दासले सर्वाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए ।

त्यस्तै भीम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाएका थिए ।  त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।

यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ०७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज