भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु « Khabarhub

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्युहुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ४२ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका