उच्च पदस्थको नियुक्तिमा ‘कुलिङ टाइम’ राख्नुपर्छः नेता कोइराला « Khabarhub

उच्च पदस्थको नियुक्तिमा ‘कुलिङ टाइम’ राख्नुपर्छः नेता कोइराला


३० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले उच्च पदस्थ कर्मचारीलाई संवैधानिक निकायमा नियुक्त गर्दा दुई वर्षको अन्तराल राख्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा विचार राख्दै नेता कोइरालाले ‘कुलिङ’ समय दिँदा सेवामा पारदर्शिता र व्यक्तिगत लाभ लिन सक्ने स्थिति कम हुन सक्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’

‘कुलिङ टाइम’ भन्नाले सामान्यतया तनावपूर्ण वा उत्तेजक परिस्थिति पछि व्यक्तिलाई शान्त हुन आवश्यक पर्ने अवधिलाई जनाउँछ। विशेषगरी कानुनी क्षेत्रमा तर्कङ्गगत निर्णय लिने अवधिलाई जनाउँदछ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १२ : ०६ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो