जिब्रो छेड्ने जात्रा तयारी : हात नभएको लिङ्गो उठाइयो « Khabarhub

जिब्रो छेड्ने जात्रा तयारी : हात नभएको लिङ्गो उठाइयो


३० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।

संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्दि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १२ : ४५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२