‘अभय संवाद’ मा युवा नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणबारे छलफल « Khabarhub

‘अभय संवाद’ मा युवा नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणबारे छलफल


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा आयोजित ‘अभय संवाद’ कार्यक्रममा सहभागीहरुले नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणको विषयमा छलफल गरेका छन् । ‘प्रोजेक्ट अभय’ अन्तर्गत आयोजना गरिएको कार्यक्रम ‘अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा’ कार्यक्रममा मा युवाले परम्परागत सत्ता अभ्यासमाथि प्रश्न उठाउँदै सहभागी शासन प्रणालीको माग गरेका हुन् ।

कार्यक्रममा राजधानीका युवासँगै विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकका अनुसार कार्यक्रममा सातै प्रदेशका ४९ जिल्लाबाट ७२ महिला र ५८ पुरुष गरी १२८ सहभागीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नेतृत्व कुनै उपाधि नभएको बताइन् । कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र नीति विशेषज्ञ पुकार मल्लले नेतृत्वमा युवाहरुको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा युवा राजनीतिज्ञ अब्दुस मियाँले समावेशी शासनमा बहिष्कृत आवाजको स्थान सुनिश्चित गर्नुपर्ने बताए । डिजिटल साक्षरता प्रशिक्षक यजस्वी राई, उद्यमी सन्तोष पाण्डे, नीति अनुसन्धानकर्ता तथा नागरिक शिक्षा अभियन्ता प्रसुज मैनाली र युवा राजनीतिज्ञ जस्मिन ओझाले पनि कार्यक्रममा शक्ति संरचना र यसको स्वरूपबारे बहस गरेका थिए ।

कार्यक्रमको समापन गर्दै प्रोजेक्ट अभयका संस्थापक एवं अध्यक्ष इशिका पन्तले आन्दोलनको सुरुवातका रुपमा यो संवादको आयोजना गरिएको बताइन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ५३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल