‘अभय संवाद’ मा युवा नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणबारे छलफल « Khabarhub

‘अभय संवाद’ मा युवा नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणबारे छलफल


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा आयोजित ‘अभय संवाद’ कार्यक्रममा सहभागीहरुले नेतृत्व, समावेशिता र शक्ति पृथकीकरणको विषयमा छलफल गरेका छन् । ‘प्रोजेक्ट अभय’ अन्तर्गत आयोजना गरिएको कार्यक्रम ‘अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा’ कार्यक्रममा मा युवाले परम्परागत सत्ता अभ्यासमाथि प्रश्न उठाउँदै सहभागी शासन प्रणालीको माग गरेका हुन् ।

कार्यक्रममा राजधानीका युवासँगै विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकका अनुसार कार्यक्रममा सातै प्रदेशका ४९ जिल्लाबाट ७२ महिला र ५८ पुरुष गरी १२८ सहभागीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नेतृत्व कुनै उपाधि नभएको बताइन् । कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र नीति विशेषज्ञ पुकार मल्लले नेतृत्वमा युवाहरुको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा युवा राजनीतिज्ञ अब्दुस मियाँले समावेशी शासनमा बहिष्कृत आवाजको स्थान सुनिश्चित गर्नुपर्ने बताए । डिजिटल साक्षरता प्रशिक्षक यजस्वी राई, उद्यमी सन्तोष पाण्डे, नीति अनुसन्धानकर्ता तथा नागरिक शिक्षा अभियन्ता प्रसुज मैनाली र युवा राजनीतिज्ञ जस्मिन ओझाले पनि कार्यक्रममा शक्ति संरचना र यसको स्वरूपबारे बहस गरेका थिए ।

कार्यक्रमको समापन गर्दै प्रोजेक्ट अभयका संस्थापक एवं अध्यक्ष इशिका पन्तले आन्दोलनको सुरुवातका रुपमा यो संवादको आयोजना गरिएको बताइन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ५३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन