बेंगलोरले राजस्थानलाई ९ विकेटले हरायो « Khabarhub

बेंगलोरले राजस्थानलाई ९ विकेटले हरायो


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलोरले १८ औँ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे । राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।

यसका साथै, १८ औँ आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ । टोलीका चार वटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो । 

अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ ।

विराट कोहलीले १५ औँ ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १०० औँ अर्धशतक पूरासमेत गरेका छन् । विराटले आईपीएलमा ५० भन्दा बढीको ६६ औँ स्कोर पनि बनाएका छन् । यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन् । दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : २६ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते