बेंगलोरले राजस्थानलाई ९ विकेटले हरायो « Khabarhub

बेंगलोरले राजस्थानलाई ९ विकेटले हरायो


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलोरले १८ औँ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे । राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।

यसका साथै, १८ औँ आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ । टोलीका चार वटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो । 

अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ ।

विराट कोहलीले १५ औँ ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १०० औँ अर्धशतक पूरासमेत गरेका छन् । विराटले आईपीएलमा ५० भन्दा बढीको ६६ औँ स्कोर पनि बनाएका छन् । यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन् । दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : २६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन