दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव « Khabarhub

दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद दीपक गिरीले कहीँपनि नअल्मलिएर दृढताका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद गिरिले अहिले विभिन्न विषयमा अलमल जस्तो देखिएको भन्दै नीति तथा कार्यक्रम प्रबल बहुमतले पास भएको बेला नअल्मलिएर दृढताको साथ अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । 

उनले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको टिप्पणी गरे । उनले निजामती विधेयकका सन्दर्भमा कुलिङ प्रियड २ वर्ष कि ३ वर्ष भन्ने कुरामा अन्यौल रहेको र प्रदेश सरकारले अधिकारको माग गरिरहेको, सरकारसँग सहमति गरेका शिक्षकहरू समेत अलमलमा रहेको धारणा राखे ।

सांसद गिरीले दाङको टरिगाँउ एयरपोर्ट निर्माणमा ध्यान दिन सरकारसँग आग्रह पनि गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २० बजे

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट