सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो « Khabarhub

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन खुल्ला भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको १ शेयर बराबर ०.२७ शेयर ९१ : ०.२७० (विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.२७ कित्ता साधारण शेयर) को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । 

अहिले भएका विद्यमान सेयरधनीहरूका लागि १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन खुल्ला गरेको छ । 

उक्त हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोको चुक्त पुँजी ५ अर्ब पुर्याउन हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ छ भने जारी पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ बराबरको रहेको छ । कम्पनीको चुक्ता पुँजी भने ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ । 

कम्पनीको २ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ ७० प्रतिशत शेयर संस्थापक छ भने १ अर्ब १८ करोड ८४ लाख ८० हजार रुपैयाँ ३० प्रतिशत सर्वसाधारणको रहेको छ । 

हकप्रद शेयर जारी गरेपश्चात् संस्थापकको पुँजी ३ अर्ब ५२ करोड १८ लाख ६२ लाख रुपैयाँ बराबरको ७० प्रतिशत हुने छ भने सर्वसाधारणको १ अर्ब ५० करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको ३० प्रतिशत हुने छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : १२ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर