कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट « Khabarhub

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

नेपाल राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्य रहेका पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् ।

पौडेललाई राजनीतिक दलबाट गभर्नरमा सिधै नियुक्ति गरिनु राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने रिटमा जिकिर गरिएको छ ।

डा. पौडेल अहिले पनि नेपाली कांग्रेसका नेताको हैसियतमा छन् ।

कांग्रेसले उनलाई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको थियो । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालसँग हार्न पुगेका थिए ।

राष्ट्र बैंक ऐनको दफा १४ (क) ले राजनीतिक दलको सदस्य वा पदाधिकारीलाई गभर्नर, डेपुटी गभर्नर र सञ्चालक नियुक्त गर्न नसकिने व्यवस्था गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गभर्नर नियुक्तिका लागि गठित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले उनलाई गभर्नरमा सिफारिस तयारी गरेको थियो ।

गुणाकर भट्टको नामबाट कांग्रेस पछि हटेपछि डा.पौडेललाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच सहमति जुटिसकेको समाचार आइरहेका बेला रिट परेको हो ।

देउवाले नेपाल राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेका थिए । देउवा र ओली सहमत भएपछि डा. भट्टले राष्ट्र बैंकको निर्देशकबाट राजीनामा पनिदिए ।

तर राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुङ्गानाले डा. भट्टको राजीनामा आजको मितिसम्म स्वीकृत गरिदिएकी छैनन् ।

त्यहीकारण देउवाले कांग्रेसकै नेतासमेत रहेका पौडेललाई गभर्नरका रुपमा प्रस्तावित गरेका थिए ।

यसअघि नै डा. भट्टको योग्यताबारे पनि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परिसकेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : १९ बजे

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

माली- मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर