पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने | Khabarhub Khabarhub

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

 उनले भीरकोट पोखरा सामीप्य सदनमार्फत् सञ्चालन हुने गरी ‘मुनाकृष्ण अक्षयकोष’ स्थापना गरेका हुन् । दिंवगत पत्नी मुना रेग्मीको स्मृतिमा आफ्नो नाम समेत रहने गरी उनले उक्त अक्षयकोष स्थापना गरेका हुन् । 

स्याङ्जा जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई वार्षिक रुपमा सम्मान र पुरस्कृत गर्नका लागि अक्षयकोषको ब्याज रकम खर्च हुनेछ । साहित्य, कला, संस्कृति, समाजसेवा, शिक्षा, स्वास्थ्य खेलकुद, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा रहेर उत्कृष्ट योगदान गर्नेहरूलाई सम्मान गरिने सामीप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले बताए । स्याङ्जाको लुब्दीखोलाका कृष्णप्रसाद नेपाल सरकारको अवकाशप्राप्त सचिव हुन् । उनका छोरा मधु रेग्मी शिक्षा सेवा आयोग अध्यक्ष छन् ।

रेग्मीले जागिरे जीवनमा धेरै जिल्लामा सेवा गरेको स्मरण गर्दै अहिले पनि ती जिल्लाका मानिसहरूले भेट्दा प्रकट गर्ने सद्भाव नै आफ्नो जीवनको ठूलो उपलब्धि रहेको बताए । 

सामीप्य सदनका अध्यक्ष श्यामप्रसादले पुरस्कार वितरणका लागि जानकारहरूको सहयोग लिएर कार्यविधि बनाउने र सकेसम्म सबै क्षेत्रलाई समेट्ने गरी प्रदान प्रतिबद्धता जनाए । 

उनले भने, ‘कोष के कसरी सञ्चालन गर्ने, कार्यविधि कस्तो बनाउने भन्ने बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग पनि सल्लाह गरेर हामी अगाडि बढ्ने छौँ ।’

अक्षयकोषदाता रेग्मीलाई सामीप्य सदनले पोखरामा वृहत कार्यक्रमकाबीच सम्मान गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ५४ बजे

सनराज म्युचुअल फण्डले १४ प्रतिशत लाभांश दिने 

काठमाडौं– लक्ष्मी सनराज बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराज क्यापिटलको योजना

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर

अनिल झाले छाडे लोसपा, सद्‍भावना ब्युँत्याउने प्रयासमा कानुनी झमेला

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले

सैनिक तैनाथी बढाएर पुटिन-ट्रम्प वार्ता हुन लागेको जेलेन्स्कीको आरोप

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्धरत रूसमाथि ‘सैनिक तैनाथी