पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने « Khabarhub

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

 उनले भीरकोट पोखरा सामीप्य सदनमार्फत् सञ्चालन हुने गरी ‘मुनाकृष्ण अक्षयकोष’ स्थापना गरेका हुन् । दिंवगत पत्नी मुना रेग्मीको स्मृतिमा आफ्नो नाम समेत रहने गरी उनले उक्त अक्षयकोष स्थापना गरेका हुन् । 

स्याङ्जा जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई वार्षिक रुपमा सम्मान र पुरस्कृत गर्नका लागि अक्षयकोषको ब्याज रकम खर्च हुनेछ । साहित्य, कला, संस्कृति, समाजसेवा, शिक्षा, स्वास्थ्य खेलकुद, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा रहेर उत्कृष्ट योगदान गर्नेहरूलाई सम्मान गरिने सामीप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले बताए । स्याङ्जाको लुब्दीखोलाका कृष्णप्रसाद नेपाल सरकारको अवकाशप्राप्त सचिव हुन् । उनका छोरा मधु रेग्मी शिक्षा सेवा आयोग अध्यक्ष छन् ।

रेग्मीले जागिरे जीवनमा धेरै जिल्लामा सेवा गरेको स्मरण गर्दै अहिले पनि ती जिल्लाका मानिसहरूले भेट्दा प्रकट गर्ने सद्भाव नै आफ्नो जीवनको ठूलो उपलब्धि रहेको बताए । 

सामीप्य सदनका अध्यक्ष श्यामप्रसादले पुरस्कार वितरणका लागि जानकारहरूको सहयोग लिएर कार्यविधि बनाउने र सकेसम्म सबै क्षेत्रलाई समेट्ने गरी प्रदान प्रतिबद्धता जनाए । 

उनले भने, ‘कोष के कसरी सञ्चालन गर्ने, कार्यविधि कस्तो बनाउने भन्ने बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग पनि सल्लाह गरेर हामी अगाडि बढ्ने छौँ ।’

अक्षयकोषदाता रेग्मीलाई सामीप्य सदनले पोखरामा वृहत कार्यक्रमकाबीच सम्मान गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ५४ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज