आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण | Khabarhub Khabarhub

आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा– बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ । 

पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

‘परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्था पनि आउँदैन’, उनले भने, ‘आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो ।’

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए।

‘आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ,’ उनले भने । 

पालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढीका  औजार उपलब्ध गराएको उनले जानकारी दिए। आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो । 
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : १४ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको