धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु  « Khabarhub

धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहीबार सर्पले टोकेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो । अवस्थी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ९ : ०१ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६