कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत् २४१ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो । 

अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भएको थियो । 

‘घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘उक्त घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।’ 

विज्ञप्तिमार्फत देउवाले विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले ब्यहोर्नु परेको मानवीय क्षतिप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३९ बजे

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई