दिल्ली आइरहेको एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण « Khabarhub

दिल्ली आइरहेको एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एयर इन्डियाको अर्को विमानले थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

एयर इन्डियाको उडान नम्बर एआई-३७९लाई फुकेट विमानस्थलमा शुक्ररबा आपतकालीन अवतरण गराएको हो यो विमानमा बम भएको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिइएकोहो । विमानमा १५६ जना सवार थिए। जहाज फुकेटबाट दिल्ली आउँदै थियो।

समाचार एजेन्सी रोयटर्सले फ्लाइट ट्र्याकर ‘फ्लाइट्राडर२४’ लाई उद्धृत गर्दै बताएअनुसार एयर इन्डियाको जहाजले फुकेट विमानस्थलबाट भारतीय समयानुसार बिहान साढे ९ बजे (स्थानीय समयानुसार दिउँसो २: ३० बजे) उडान भरेको थियो।

विमान अण्डमान सागरमाथि फन्को लगाउँदै थाइल्यान्ड नै फर्किएको थियो। त्यसपछि फुकेटमा सुरक्षित आपतकालीन अवतरण गरेर चेकजाँच गरिएको छ। विमानका सबै यात्रु र चालक दल सुरक्षित छन् ।

नेशन थाइल्याण्डले बताएअनुसार बमको धम्की आएपछि फुकेट विमानस्थलले विमानस्थल आकस्मिक योजना (एसीपी) सक्रिय भएको हो ।

विमानस्थलका अधिकारीहरूले धम्की आएपछि सुरक्षाका सबै आवश्यक कदमहरू चालिएका छन्।

एयर इन्डियाको अर्को विमान लण्डन जाने क्रममा भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार दुर्घटनाग्रस्त भएको थियो। यसमा सवार २४१ जनाको मृत्यु भएको छ । अरू पाँचजना ५ मृतक जहाज खसेको मेडिकल होस्टलका छन् ।

विमान बीजे मेडिकल कलेज होस्टलमा खसेको थियो, त्यहाँ ५० भन्दा बढी व्यक्ति थिए। यद्यपि, अहिलेसम्म होस्टलमा कतिको मृत्यु भयो भन्ने स्पष्ट भएको छैन। ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी पत्नीको मृत्यु भएको खबर आएको छ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर फ्लाइट एआई-१७१ ले बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडान भरेको थियो।

यसमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र एक क्यानेडाली नागरिकसहित कुल २३० यात्रु सवार थिए। अरू १२ जना चालक दलका सदस्य थिए । तर जहाज दुई मिनेटमै दुर्घटनामा परेको हो ।

तीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात थिए। बाँकी १२ चालक दलका सदस्य थिए। मृतकहरूमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि छन्, यो दुर्घटनामा केवल एक यात्रुको ज्यान बाँचेको छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल