दिल्ली आइरहेको एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण « Khabarhub

दिल्ली आइरहेको एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एयर इन्डियाको अर्को विमानले थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

एयर इन्डियाको उडान नम्बर एआई-३७९लाई फुकेट विमानस्थलमा शुक्ररबा आपतकालीन अवतरण गराएको हो यो विमानमा बम भएको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिइएकोहो । विमानमा १५६ जना सवार थिए। जहाज फुकेटबाट दिल्ली आउँदै थियो।

समाचार एजेन्सी रोयटर्सले फ्लाइट ट्र्याकर ‘फ्लाइट्राडर२४’ लाई उद्धृत गर्दै बताएअनुसार एयर इन्डियाको जहाजले फुकेट विमानस्थलबाट भारतीय समयानुसार बिहान साढे ९ बजे (स्थानीय समयानुसार दिउँसो २: ३० बजे) उडान भरेको थियो।

विमान अण्डमान सागरमाथि फन्को लगाउँदै थाइल्यान्ड नै फर्किएको थियो। त्यसपछि फुकेटमा सुरक्षित आपतकालीन अवतरण गरेर चेकजाँच गरिएको छ। विमानका सबै यात्रु र चालक दल सुरक्षित छन् ।

नेशन थाइल्याण्डले बताएअनुसार बमको धम्की आएपछि फुकेट विमानस्थलले विमानस्थल आकस्मिक योजना (एसीपी) सक्रिय भएको हो ।

विमानस्थलका अधिकारीहरूले धम्की आएपछि सुरक्षाका सबै आवश्यक कदमहरू चालिएका छन्।

एयर इन्डियाको अर्को विमान लण्डन जाने क्रममा भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार दुर्घटनाग्रस्त भएको थियो। यसमा सवार २४१ जनाको मृत्यु भएको छ । अरू पाँचजना ५ मृतक जहाज खसेको मेडिकल होस्टलका छन् ।

विमान बीजे मेडिकल कलेज होस्टलमा खसेको थियो, त्यहाँ ५० भन्दा बढी व्यक्ति थिए। यद्यपि, अहिलेसम्म होस्टलमा कतिको मृत्यु भयो भन्ने स्पष्ट भएको छैन। ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी पत्नीको मृत्यु भएको खबर आएको छ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर फ्लाइट एआई-१७१ ले बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडान भरेको थियो।

यसमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र एक क्यानेडाली नागरिकसहित कुल २३० यात्रु सवार थिए। अरू १२ जना चालक दलका सदस्य थिए । तर जहाज दुई मिनेटमै दुर्घटनामा परेको हो ।

तीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात थिए। बाँकी १२ चालक दलका सदस्य थिए। मृतकहरूमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि छन्, यो दुर्घटनामा केवल एक यात्रुको ज्यान बाँचेको छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ४५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार