कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु « Khabarhub

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधबार राती आँगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार मात्रै गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत एक शिक्षिका पार्वती अवस्थीलाई सर्पले टोकेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । 

अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो । यतिबेला धनगढीसहितका तराइ क्षेत्रमा सर्पदंश बढ्ने जोखिम हुन्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ४७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम