संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी | Khabarhub Khabarhub

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।  

आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए। 

‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । 

 उनी तामाङ घेदुङको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् ।  त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे। 

उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक संकेत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए। 
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ५२ बजे

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख

च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

गलकोट– हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

मनाङ– असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

एजेन्सी – इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक

सयपत्री फूलखेती विस्तार

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेती विस्तार गरेका