‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव « Khabarhub

‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केमेडी नाइट विथ च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलय बाहिर खिचेको एक भिडियो सामाजिक सञ्जालमा बिहीबार राखे ।

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा एक चर्चा भयो– भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बलायो ।

अन्य अवस्थामा भए यो कुरा सामान्य हुन्थ्यो । तर, अहिले परिस्थिति फरक छ । अर्थात्, गत मंगलबारको एपिसोडमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मज्जाले उडाइएको (व्यङ्ग्य) गरिएको छ । प्रधानमन्त्रीको क्यारिकेचर कलाकार सुमन कार्कीले गरेका छन् ।

यस एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदहरु अतिथिका रुपमा आएका थिए । नयाँ दल रास्वपा र ओलीको टसललाई व्यङ्गात्मकरुपमा प्रस्तुत गरिएको छ ।

मिडियाहरुले यो विषयको चर्चा गरेका छन् । अझ भनौं यो एपिसोडले शोप्रति दर्शकको ध्यान मज्जाले तानेको छ । चार दिनमा १० लाख भ्युज पुगेको छ । भण्डारीका अनुसार यो सबैभन्दा छिटो युट्युबमा उक्त भ्युज पुग्ने एपिसोड हो ।

अब चर्चा गरौं भण्डारी प्रधानमन्त्री कार्यालय पुगेको छ । ओलीलाई व्यङ्ग्य गरेकै एपिसोड सार्वजनिक भएपछि भण्डारीले प्रधानमन्त्री कार्यालयमा पुगेको भिडियो हाले । फेरि एपिसोडमा ओलीलाई नै मज्जाले उडाइएको छ ।

भण्डारीले भिडियो हालेपछि उनलाई उक्त एपिसोडमा आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयबाट बोलावट भयो कि भन्ने आशंका सामाजिक सञ्जालमा हुन थाल्यो । केही मिडिया यही कोणबाट सामाचार नै छापे ।

चर्चा चलेपछि खबरहबले भण्डारीसँग यस विषयमा जिज्ञासा राखेको थियो । भण्डारीले प्रधानमन्त्रीको टिममा रहेका एक व्यक्ति आफ्नो साथी भएकाले उसैलाई भेट्न गएको बताए ।

उनले स्पष्ट पार्दै भने, ‘मेरो मित्र हुनुहुन्छ । मात्रै उहाँलाई भेट्न गएको हुँ । बाँकी केही होइन । आधिकारिक रुपमा र एपिसोडलाई लिएर कुरा गर्नका लागि मलाई बोलाइएको होइन ।’

टेलिफोनमै उनले खबरहबसँग ‘बाघ कराउनु र बाख्रा हराउनु सँगै’ भएकाले विभिन्न व्यक्तिलाई स्पष्टीकरण दिँदै हिड्नु पर्ने अवस्था सिर्जना भएको बताएका थिए ।

खबरहबसँग कुरा गरेको केही समयपछि भण्डारीले फेसबुककै स्पष्टीकरण दिए ।

उनले सामाजिक सञ्जालको भिडियोकै भरमा मिथ्या सूचना केही मिडियाले प्रकाशन गरेको आरोप समेत लगाए ।

उनले ती मिडियालाई लक्षित गर्दै लेखेका छन्, ‘बिक्छ भन्दैमा गफ नबेचौं । मिथ्या सूचनाले समाजलाई सही गति दिँदैन ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ०९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै