ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि | Khabarhub Khabarhub

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रति मन ४० हजारमा बिक्री गरे । 

त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्छन् । उनले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आएका छन् । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । 

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय ८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु ४९ हजार राजस्व संकलन गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट एक लाख आठ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । चालु आवको हालसम्मको तथ्याङ्क अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु ७५ हजार राजस्व सङ्कलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिए ।

वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार सङ्कलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व सङ्कलन हुँदै आएको छ । 

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

चिराइतो एक पटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ । रासस
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ५८ बजे

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख

च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

गलकोट– हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

मनाङ– असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

एजेन्सी – इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक

सयपत्री फूलखेती विस्तार

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेती विस्तार गरेका