हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण « Khabarhub

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा सांसदहरूले नेपाल हवाई दुर्घटनामा उच्च जोखिममा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार सचेत हुनुपर्नेमा जोड दिएका हुन् । 

सांसद कृष्णबहादुर रोकायाले हवाई क्षेत्रको प्राविधिक तथा नीतिगत सुधारका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । छिमेकी देश भारतमा बिहीबार भएको हवाई दुर्घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै उनले नेपालमा हवाई दुर्घटना कम गर्न योजना बजाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
 
उनले भने, ‘नेपालमा अहिलेसम्म १०८ वटा विमान दुर्घटना भएका रहेछन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्, हाम्रो प्राविधिक, नीतिगत तथा भू–राजनीतिक कमीकमजोरीकै कारण युरोपेली युनियनले सन् २०१३ देखि नेपाल एयरलाइन्सलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ, हवाई क्षेत्रमा देखिएका सबै समस्या सुधार गर्न सरकारसँग आग्रह गर्छु ।’

सांसद घनश्याम रिजालले समाचार लेखेकै भरमा पत्रकार दीलभूषण पाठकलाई साइबर कानुन लगाउनु संविधान विपरीत भएको टिप्पणी गरे। उनले भने, ‘यही जेठ २८ गते बुधबार अदालतले नै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छ, तर प्रेस स्वतन्त्रता विपरीत छ, संविधान विपरीत छ ।’

यही जेठ २७ गते मंगलबार काठमाडौं जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकमलाई समाचार हटाउन र त्यस्ता समाचार नलेख्न अल्पकालीन आदेश दिएकोप्रति पनि आपत्ति जनाए । 

सांसद बलदेव बोहराले प्रतिनिधिसभालाई मर्यादित बनाउँदै दैनिक कार्यसूचीमा फर्कनका लागि सहयोग गर्न प्रतिपक्ष दलसँग आग्रह गरे ।  
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ४३ बजे

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : अर्जुन कुमाललाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान