हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा सांसदहरूले नेपाल हवाई दुर्घटनामा उच्च जोखिममा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार सचेत हुनुपर्नेमा जोड दिएका हुन् । 

सांसद कृष्णबहादुर रोकायाले हवाई क्षेत्रको प्राविधिक तथा नीतिगत सुधारका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । छिमेकी देश भारतमा बिहीबार भएको हवाई दुर्घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै उनले नेपालमा हवाई दुर्घटना कम गर्न योजना बजाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
 
उनले भने, ‘नेपालमा अहिलेसम्म १०८ वटा विमान दुर्घटना भएका रहेछन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्, हाम्रो प्राविधिक, नीतिगत तथा भू–राजनीतिक कमीकमजोरीकै कारण युरोपेली युनियनले सन् २०१३ देखि नेपाल एयरलाइन्सलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ, हवाई क्षेत्रमा देखिएका सबै समस्या सुधार गर्न सरकारसँग आग्रह गर्छु ।’

सांसद घनश्याम रिजालले समाचार लेखेकै भरमा पत्रकार दीलभूषण पाठकलाई साइबर कानुन लगाउनु संविधान विपरीत भएको टिप्पणी गरे। उनले भने, ‘यही जेठ २८ गते बुधबार अदालतले नै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छ, तर प्रेस स्वतन्त्रता विपरीत छ, संविधान विपरीत छ ।’

यही जेठ २७ गते मंगलबार काठमाडौं जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकमलाई समाचार हटाउन र त्यस्ता समाचार नलेख्न अल्पकालीन आदेश दिएकोप्रति पनि आपत्ति जनाए । 

सांसद बलदेव बोहराले प्रतिनिधिसभालाई मर्यादित बनाउँदै दैनिक कार्यसूचीमा फर्कनका लागि सहयोग गर्न प्रतिपक्ष दलसँग आग्रह गरे ।  
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ४३ बजे

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख

च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

गलकोट– हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

मनाङ– असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

एजेन्सी – इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक

सयपत्री फूलखेती विस्तार

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेती विस्तार गरेका